Saturday, July 27, 2024

दार्चुलामा बिसु जात्रा हेरेर फर्किरहेका आमा-नातिनीको भिरबाट लडेर मृत्यु

प्रकाशित:

महेन्द्रनगर । भिरबाट लडेर दार्चुलामा दुई जनाको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको मार्मा गाउँपालिका-१ घुल्जरमा लागेको नयाँ वर्ष (बिसु) को जात्राबाट घर फर्किने क्रममा भिरबाट लडेर दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मार्मा गाउँपालिका-१ घोल्जर पाखुकी ५१ वर्षीया कुटुमा देवी ठगुन्ना र साथमा रहेकी नातिनी पर्ने २ वर्षीया सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला उनीहरू बेपत्ता भएका थिए । शनिबार उनीहरुको शव सुङगर भिरमा फेला परेको प्रहरीले जनाएको छ ।

शवलाई लटिनाथ स्वास्थ्य चौकीमा राखिएको छ । अहिले ईलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलमा छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार