Saturday, April 20, 2024

लामिछाने विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि नेपाली राहदानी लिएको विषयमा दायर भएको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो । चितवनबासीमाझ लामिछाने भोट माग्न व्यस्त भइरहेका बेला यता रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए ।

रिटको पेसी मंगलबारका लागि तोकिएको छ । युवराज पौडेल ‘सफल’ रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही माग गर्दै सर्वोच्च पुगेका थिए ।

राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलको दाबी छ ।

सफलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो ।

लामिछानेविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो । तर प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । मुद्दा नचलाउने निर्णय गरेको भन्दै युवराज पौडेल ‘सफल’ले महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार