Saturday, May 25, 2024

चितवन प्रयोगशाला होइन,जनताले बुझेका छन् : कांग्रेस उम्मेदवार श्रेष्ठ

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले वैशाख १०को उपनिर्वाचन आफ्ना लागि भएको बताएका छन् ।

चितवन २ बाट निर्वाचित सांसद (राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने)को सांसद पद खारेज भएपछि आफ्नै लागि उपचुनाव हुँदैछ भन्ने लागेको उनले सुनाए ।

उम्मेदवारी दर्ताअघि आयोजित सभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठ संसदमा पुगेन, संसदमा पुगोस् भन्न चाहनाले उपचुनाव हुँदैछ भन्ने लाग्यो ।’त्यसअनुसार आफूले टिकट पाएको र सत्ता गठबन्धनको पनि साथ पाएको श्रेष्ठले सुनाए ।

आफ्ना प्रतिस्पर्धी लामिछानेतर्फ संकेत गर्दै उनले केही मान्छेले चितवनलाई उपनिर्वाचनको प्रयोगशाला बनाउन चाहेको बताए । उनले अघि भने, ‘तर चितवनका जनताले राम्रोसँग बुझेका छन्, चितवन प्रयोगशाला होइन ।’

चितवन पर्यटकीय नगरी भएको भन्दै उनले एक पटक आउनेलाई स्वागत गर्ने बताए । उनले अघि भने, स्वागत गरेको कुरालाई भ्रम सम्झेर जुन होटलमा बस्यो, त्यही होटल मेरो हो भन्न थाल्यो भने चितवनका जनताले फिर्ता पठाउन जानेका छन् ।’

 

ताजा समाचार

सम्बन्धित समाचार