Thursday, April 25, 2024

पुनर्वासमा स्वीट नेपालको पहलः विपन्न महिलालाई स्वरोजगार संग जोड्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासका एकल तथा विपन्न महिलाहरुलाई स्वीट नेपालले स्वरोजगार संग जोड्नका लागिपहल थालेको छ ।

पुनर्वासमा एक वर्ष पहिले देखि स्वीट नेपालले गरिब, एकल विपन्न तथा पहुँच नभएका परिवारहरुका लागि जिविकोपार्जनका साथै स्वरोजगारका लागि पहल थाल्दै आएको छ ।

स्वीट नेपालको उक्त कार्यक्रम पश्चात पुनर्वासका केही विपन्न महिला तथा परिवारको जिविकोपार्जनमा निकै सहज भएको छ । केही तरकारी खेती, च्याउ खेती, मा केही ठेला सञ्चालन गर्दै घरखर्च चलाउन सक्षम भएका छन्, भने केहीले स्वीट नेपालकै पहल तथा अनुदानमा मिल समेत चलाएका छन् ।

स्वीट नेपालद्वारा पुनर्वासमा संचालित ‘एकीकृत जिविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ती परियोजना मार्फत विपन्न समुदाय विभिन्न व्यपसायमा जुटेका हुन । पूनर्वास नगरपालिका ७( च) गाँउ सुकुमबासीबस्तीकी कमला चौधरी च्याउ खेतीमा जुटेकी छिन । उनले स्वीट नेपालबाट तालिम, प्राविधिक सहयोग पाएपछि टर्नेलमा च्याउ खेती गरिरहेको बताईन । ‘हामीले पहिलो पटक च्याउ खेती गरेका छौँ, ‘उनले भनिन, ‘राम्रो आम्दानी भयो, घर खर्च चलाउन सहज भएको छ ।’

सुकुमबासीबस्तीकै फुलमाया चौधरीले पनि एक टर्नेलमा च्याउ खेती गरेकी थिईन । उनले संस्थाबाट च्याउखेती सम्बन्धी तालिम, बिउ,बिजन, ढुसी किरा नष्ट गर्ने औषधी पाइपछि च्याउखेती गरेको बताईन ।

‘मैले पनि पहिलो पटक च्याउ खेती गरेको हुँ, ‘उनले भनिन, ‘थोरै लगानीमा धेरै आम्दानी गरियो, घर खर्च चलाउन सहज भयो ।’ ७(च) गाँउकी सीता रानाले समेत काउली खेती गरेकी छिन । उनले व्यवसायिक रुपमा २कट्टामा काउलीखेती गरेकी छिन । तर, काउलीको बजार भने नपाएको दुखेसो पोखिन् ।

पूनर्वास नगसरपालिका २मोतीबस्ती अमरैयाकी अगारमती रानाले खेती गरेकी छिन । यस अघि घर खान प्रयोजनका लागि खेती गर्दै आएकी अंगारमतीले अहिले व्यवसायिक रुपमा खेती गरेकी हुन ।

बेसार पिस्नका लागि मेसिन समेत दिएपछि उनले आफ्नै ५ कट्टामा बेसार खेती गरेकी हुन । चुलौचौकोमा सीमित अमरैयाकी विष्ना राना ठेला व्यवसायमा जुटेकी छिन । उनले संस्थाबाट आवश्यक सहयोग पाएपछि ठेला व्यवसायमा जुटेको बताईन । पुनर्वास तरकारी कृषक पाठशाला कार्यक्तमका अध्यक्ष टेक बहादुर दवाडीले कार्यक्तम मार्फत १६ हप्ते तालिम पाएको बताए ।

‘म यस अघि गैर सरकारी संस्थामा काम गर्दै आएका थिए, ‘कोरोना महामारीले लकडाउन भएपछि घरमै बेरोजगार भएर बसेको थिए, स्वीट नेपालले हामीलाई तालिम दिएपछि मैलेपनि तरकारी खेती गरेको छु ।’ स्वीट नेपालले यूनडिपी र पुनर्वास नगरपालिकाको सहयोगमा कोरोना प्रभावित समुदायका लागि जिविकोपार्जन कार्यक्रम संचालन गरेको थियो ।

स्वीट नेपाल एकीकृत जिविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ती परियोजना कार्यक्रम व्यवस्थापन अमित सुनारले कोरोना महामारीबाट प्रभावित भएका विपन्न समुदायको आर्थिक बृद्धि विकासका लागि विवित कार्यक्रम गरिएको बताए । उनका अनुसार विपन्न समुदायलाई विभिन्न सीपमुलक तालिम प्रदान, बिउबिजन, प्राविधि सहयोग गरिएपछि किसान व्यवसायिक खेतीतर्फ उन्मुख भएका छन ।

महिलाका लागि अदुवा, बेसार, च्याउखेती, बेमौसमी तरकारी खेती, पोलि हाउस निर्माण, उच्च प्रविधी जडान, कृषक पाठशाला तरकारी खेती विस्तार, महिलाकै नेतृत्वमा तरकारी फलफुल पसल स्थापना, उन्नत जातको पशुपालन व्यवसाय विस्तार, सिँचाई सहयोग, विदेशबाट फर्किएकाहरुलाई सीप र लघु उद्यम विस्तार गरिएको छ ।

पनुर्वास नगरपालिका कृषि शाखा प्रमुख कर्ण बहादुर शाहीलन नगरका २५ जना किसानलाई पुनर्वास तरकारी कृषक पाठशाला दिएपछि व्यवसायिक रुपमा तरकारी खेतीमा जुटेको बताए । स्वीट नेपाल कञ्चनपुरका अध्यक्ष अमित तिरुवाले कोरोना महामारीपछि पुर्नप्राप्ती परियोजना मार्फत रोजगारी गुमाएका एव विपन्न किसानको आर्थिक उन्नतीका लागि कार्यक्रम संचालन गरिएको बताए ।

अध्यक्ष तिरुवाले स्वदेशी बस्तु उत्पादन गरेर आर्थिक बृद्धि विकासका लागि प्राविधिक सहयोग गरिएपछि किसानलाई व्यवसायीकरण बनाईएको बताए । पुनर्वास नगरका प्रमुख तोया प्रशाद शर्माले स्वीट नेपाल मार्फत संचालित कार्यक्रमले किसानलाई व्यवसायिक तरकारीखेती एव व्यवसाय तर्फ उन्मुख गराएको बताए ।

नगर प्रंमुख शर्माले पालिका तर्फबाट किसानका लागि सहयोग गर्ने मेयर शर्माले प्रतिबद्धता जाहेर गर्दै स्वदेशमै बस्तु उत्पादन गर्ने किसानलाई प्रोत्साहन, अनुदानका कार्यक्रम संचालन गरिने बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार