Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

आधुनिक सेवा सुविधा सहित पिआर फिल्म स्टुडियो संचालनमा

प्रकाशित:

Advertisements

–महेन्द्रनगर । महेन्द्रनगर बजारमा आधुनिक सेवा सुविधा सहित एक फिल्म स्टुडियो संचालनमा आएको छ । महेन्द्रनगरको क्याम्पस रोडमा, नेपाल बैंक लिमिटेडको ठिक अगाडी पट्टी आधुनिक सेवा सुविधा तथा प्रविधी सहित पिआर फिल्म स्टुडियो संचालनम आएको हो ।

निकै लामो समयदेखि भिडियो तथा फिल्म छायांकन क्षेत्रमा कार्यरत पुष्पराज भट्टले उक्त व्यवसायलाई आधुनिक प्रविधी सहित महेन्द्रनगरमा पहिलो पटक संचालनमा ल्याएका छन् ।

सञ्चालक भट्टलाई उक्त क्षेत्रको डेढ दशक लामो अनुभव रहेको छ । महेन्द्रनगरमा अत्याधुनिक प्रविधि सहितका क्यामेरा तथा ड्रोनहरु सहित उक्त फिल्म स्टुडियो सेवा उपलब्ध गराउने सञ्चालक भट्टको दाबी छ ।

सञ्चालक भट्टकी आमा ईश्वरी भट्टले मंगलबार उक्त स्टुडियोको धार्मिक परम्परा अनुसार पुजा गरेर उद्घाटन गरेकी छिन । पछिल्लो समयको पुस्ता र माग अनुसार आधुनिक स्टुडियो संचालनमा ल्याएको भट्टले बताए ।

उनका अनुसार फिल्म, लघु चलचित्र छायाङकन, म्युजिक भिडियो, विवाह, व्रतबन्ध, विभिन्न समाजिक कार्य, एमआरपी, पासपोर्ट साईज फोटो, ब्याच प्रिन्ट, मायाको चिनो, प्रमाण पत्र सहित, फ्लेक्स सहित विभिन्न ग्राफिक डिजाइनका सेवा प्रदान गर्ने उक्त स्टुडियोका सञ्चालक भट्टले बताए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार