Saturday, July 27, 2024

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ गते स्ववियुको निर्वाचन हुने

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ गतेमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यसअघि चैत ८ मा हुने निर्वाचन स्थगित भएपछि सोमबार क्याम्पस प्रशासन र दत्र्ता भएका संघ संगठनका प्रतिनिधिबिच चैत २१ मा निर्वाचन गर्ने सहमति भएको हो ।

विश्वद्यिालयले विद्यार्थी संघ संगठनकै सहमतिमा केन्द्रीय र आंगिक सबै क्याम्पसमा चैत ८ मा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय क्याम्पसमा विद्यार्थी भर्ना सम्बन्धी विवादका कारण निर्धारित मितिमा निर्वाचन हुन सकेको थिएन ।

‘सबै विद्यार्थी भर्ना हुन नसकेका कारण भर्ना हुने समयका लागि केही विद्यार्थी संगठनले विरोध गरेका थिए,’ केन्द्रीय क्याम्पसका निर्वाचन अधिकृत तोरण भट्टले भने, ‘अब भर्ना हुने समय दिएर निर्वाचन गर्ने सहमति भएको छ ।’

निर्वाचन अधिकृत भट्टका अनुुसार चैत ११ सम्म भर्ना भएका विद्यार्थीलाई निर्वाचनमा सहभागी हुन दिने सहमति भएको छ ।

सोमबार भएको छलफलमा केन्द्रीय क्याम्पसमा दत्र्ता भएका ८ वटै विद्यार्थी संघ संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

ताजा समाचार

सम्बन्धित समाचार