Thursday, March 28, 2024

कञ्चनपुरको बेलौरी रामपुर बहुमुखी क्याम्पसबाट स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी स्थित रामपुर बहुमुखी क्याम्पस कलकत्तामा आइतबार भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पुरै प्यानल विजयी भएको छ ।

जम्मा ३१ विद्यार्थी मात्रै रहेको उक्त क्याम्पसमा २५ जनाले मात्रै मतदान गरेको क्याम्पस प्रमुख मदन चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा १५ मत सहित स्ववियु सभापतिमा निर्वाचित हुनु भएको छ ।

उक्त क्याम्पसमा अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघ गरी ३ प्यानलमा चुनावी प्रतिस्पर्धा भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार