२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

सरकारले जग्गा धनि पुर्जा वितरणमा ढिलाई गरेपछि भुमिहिन सुकुम्बासीहरुले जग्गाको धनि बनाईदिन सरकारलाई मागे गुहार

प्रकाशित:

Advertisements

ऐश्वर्या कुवँर महेन्द्रनगर ।सरकारले जग्गा धनी पुर्जा वितरणमा ढिलाई गरेपछि कञ्चनपुरका भुमिहिन सुकुम्बासीहरु आन्दोलित भएका छन् ।जग्गाधनी पुर्जा वितरणको प्रकृया शुरु भएको बषौँ बितिसक्दा समेत पुर्जा वितरणमा ढिलाई भएपछि उनिहरु आन्दोलीत भएका हुन । बिहिबारे भुमि आयोग कञ्चनपुरका का अध्यक्ष देबेन्द्र ढुङ्गाना लाई भुमिहिन सुकुम्बासीहरुका ७ बुदँे मागहरुको ज्ञापनपत्र बुझाउदै स्थानिय सरकारसंग र सुकुम्बासी आयोग समक्ष जग्गाधनी बनाइदिन आग्रह गरेका छन् ।

सरकारले भुमिहिन, सुकुम्बासीहरुलाई जग्गाको मालिक बनाउने गरी भुमि आयोग गठन गरेर नाप नक्साको प्रक्रिया शुरु गरेपनि कञ्चनपुरका भुमिहिन सुकुम्बासीहरु अहिलेसम्म जग्गाका मालिक बन्न सकेका छैनन् ।लामो समयपछि भुमि आयोग गठन गरेर सरकारले नाम नक्साको काम शुरु गरेपनि हालसम्म पुर्जा पाउने कुनै निश्चित नभएको भन्दै भुमिहिन सुकुम्बासी आन्दोलित बनेका हुन् ।राष्ट्रिय भुमि अधिकार मञ्च नेपालको नेतृत्वमा भुमी सम्बन्धी समस्याको सम्बोधनका लागी उनिहरुले सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाएको हो ।

भुमिहीन दलित,सुकुम्बासी र अव्यवस्थीत बसोबासी समस्या समाधानका ढिला सुस्ति भईरहेको कति पय ठाँउमा विवाद जोखीम क्षेत्र भनि नापजाच कार्य नै नगरिएको र यसले भुमि समस्या समाधान प्रक्रिया अधुरो रहने भएकाले भुमिहिन सुकुम्बासिहरुको समपुर्ण समस्या समाधानहुने गरि जग्गा नापजाच गरिनुन पर्ने,भुमि सम्बन्धि ऐन र नियममा भएको व्यावस्था हनुसार जिम्मेवार निकायलाई प्रभावकारी रुपमा परिचालन गर्ने सैद्धान्तिकर व्यवहारिक ज्ञानसिपका लागी प्रशिक्षणको व्यावस्था गर्नु पर्ने,स्थानियमा जनशक्तिको अभावले काममा ढिलाई भईरहेको हुँदा त्यसको ब्यावस्थापनको लागि राष्ट्रिय भुमिआयोग मार्फत पहल गरिनुपर्ने, आगामी वर्षकालागि आवश्यक पर्ने बजेट समेत आकलन गरि संघ र प्रदेश तहमा समन्वय गरिनुपर्ने भन्दै यथा शक्य चाँडो काम सम्पन्न गराउन दवाव दिने उद्देश्यले शान्तिपुर्ण खवरदारी अभियान सञ्चालन गरि ७ बुदे मागहरु सहित ज्ञापन पत्र बुझाएको राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरका अध्यक्ष कर्ण बहादुर बानियाले बताए । ।

उनिहरुले खवरदारी अभियान अन्तर्गत मालपोत कार्यालय, नापि कार्यालय ,वन कार्यालय हुदै राष्ट्रीय भुमि आयोगको कार्यालय कञ्चनपुर अगाडि सम्म शान्ति पुर्ण विरोध प्रदर्शन समेत गरेका थिए । माग पुरा नभए आन्दोलन थप शसक्त बन्ने चेतावनी दिएका छन् । ज्ञापन पत्र बुभे पछी भुमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्खाना र भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकले आफुले समस्या समाधानका लागी सक्दो पहल गर्ने प्रतिवद्धता गरेका छन्  कञ्चनपुर जिल्लाका ९ वटै स्थानिय तहहरुमा भुमिहिन दलित,भुमिहिन सुकुम्बासि,तथा अव्यवस्थित वसोवासीहरुको सख्या यसप्रकार रहेको छ ।

भीमदत्त नगरपालिका भुमिहिन दलित सख्या ८ सय १६,भुमिहिन सुकुम्बासी सख्या ९ सय २२,अव्यावस्थित बसोबास सख्या ६१ सय १५अधुरो कार्य सेतो पुर्जा२ सय ८९रहेको छ ।

दोधारा चाँदनि नगरपालिका भुमिहिन दलित सख्या १ सय ७६, भुमिहिन,सुकुम्बासी सख्या ६,अव्यावस्थित बसोबास सख्या ३५ सय ६१ अधुरो कार्य सेतो पुर्जा १२ सय ४४ रहेको छ ।

बेदकोट नगरपालिका भुमिहिन दलित सख्या १सय १६,भुमिहिन सुकुम्बासी सख्या १सय १ सय ९५,अव्यवस्थित बसोबास सख्या ९ हजार ७ र अधुरो कार्य सेतो पुर्जा७ सय ५० रहेको छ ।

शुक्लाफाटा नगरपालिका भुमिहिन दलित सख्या १सय ९२, भुमिहिन सुकुम्बासी सख्या १ सय ५४,अव्यवस्थित बसोबासी सख्या ११ हजार ४ सय ८९,र अधुरो कार्य सेतो पुर्जा ९ सय ६९ रहेको छ ।

कृष्णपुर नगरपालिकामा भुमिहिन दलित सख्या ६१,भुमिहिन सुकुम्बासी सख्या १ सय ३५,अव्यास्थित बसोबास सख्या १५ हजार ३ सय ३१ अधुरो कार्य सेतो पुर्जा १५ सय १२ रहेको छ ।

पुर्नवास नगरपालिकामा भुमिहिन दलित सख्या ६ सय ६०,भुमिहिन सुकुम्बासी सख्या ७ सय २५,अब्यावस्थित बसोबास सख्या ५छ सय २५,अधुरा कार्य सेतो पुर्जा ६ रहेको छ ।

बेलौरी नगरपालिका भुमिहिन दलित सख्या १ सय २७,भुमिहिन  सुकुम्बासी सख्या १ सय ९८,अव्यावस्थित बसोबास सख्या ५ अजार ४३ र अधुरा कार्य सेतो पुर्जा २ सय ८ रहेको छ ।

लालझाडी गाउपालिका भुमिहिन दलित सख्या २०,भुमिहिन सुकुम्बासी सख्या ८९,अव्यावस्थित बसोबास सख्या ३७ सय ६२ अधुरा कार्य सेतो पुर्जा ६ रहेको छ ।

बेलडाँडी गाउपालिका भुमिहिन दलित सख्या १ सय ३०,भुमिहिन सुकुम्बासी सख्या २ सय ५०,अब्यावस्थित बसोबास सख्या ४ अजार ३ सय अधुरा कार्य सेतो पुर्जा २८ रहेको छ । कञ्चनपुर जिल्लामा भुमिहिन दलित सख्या,भुमिहिन सुकुम्बासी सख्या भन्दा अब्यावस्थित बसोबास सख्या तेब्बर सख्यामा रहेको राष्ट्रिय भुमि अधिकार मञ्च जिल्ला समिति कञ्चनपुरले दिएको डाटामा उल्लेख गरिएको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार