Friday, April 26, 2024

भीमदत्तमा आजदेखि कक्षा ८ को परिक्षा शुरु,नगर उपप्रमुख जोशी नेतृत्वको टोलीद्धारा अनुगमन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आजदेखि कक्षा ८ को पालिकास्तरीय परिक्षा शुुरु भएको छ । भीमदत्त नगरपालिकाका सामुदायिक तथा निजि गरि जम्मा ९२ वटा विद्यालयहरुमा परिक्षा शुरु भएको भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।

उनकानुसार कक्षा ८ को परिक्षामा नगरपालिका भरिका १ हजार ३ सय ६० छात्रा र १ हजार ६ सय ६० छात्र गरि जम्मा ३ हजार २० जना विद्यार्थीहरु सहभागि भएका छन् ।आजदेखी सुरु भएको परिक्षाको अनुगमन समेत गरिएको छ । भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीको नेतृत्वमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, शिक्षा शाखा प्रमुख जोशी लगाएतको टोलीले परिक्षाको अनुगमन गरेको छ ।

कक्षा ८ को परिक्षालाई मर्यादित बनाउन समयमै सम्बन्धित निकायलाई निर्देशन गरिसकेको बताउँदै उपप्रमुख जोशीले केही परिक्षा केन्द्रमा आफुलेपनि स्थलगत अनुगमन गरेको बताइन् । महेन्द्रनगरस्थित स्थित भृकुटी माध्यमिक बिद्यालय,लिटिल बुद्ध एकेडेमी लगाएतका परिक्षा केन्द्रमा अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत गौलीले बताए ।

विद्यार्थीको भविष्यलाई ख्याल गर्दै परिक्षालाई मर्यादित बनाउन अनुगमन गरेको नगर उपप्रमुख जोशीले बताइन् । अनुगमन गरेका परिक्षा केन्द्रमा शान्त वातावरण तथा मर्यादित तरिकाले परिक्षा सञ्चालन भएको पाइएको उनले बताइन् ।

ताजा समाचार

सम्बन्धित समाचार