२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

कराते महासंघ कञ्चनपुरको अध्यक्षमा सरोज बैज निर्वाचित

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुरमा कराते महासंघको अध्यक्षमा सरोज प्रसाद बैज निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा सरोज प्रसाद बैजको अध्यक्षतामा कराते महांसघ कञ्चनपुरको जिल्ला कार्यसमितिको टुङ्गो लगाएको हो ।

दुई दशक बढी लामो समय देखि खेलकुदमा सक्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भइसकेका बैजलाई कराते महासंघ कञ्चनपुरले प्रथम अधिवेशनबाट अध्यक्षमा चयन गरेको कराते महासंघ सुदूरपश्चिम प्रदेश प्रमुख बिमल खडायतले बताए । अध्यक्ष बैजको नेत्ृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

महासंघको उपाध्यक्षमा गणेश दत्त भट्ट र नरेन्द्र गुरुङ्ग, महासचिवमा सुमित बम, सचिवमा मदन नाथ, कोषाध्यक्षमा बिन्दु मोक्तान, त्यस्तै सदस्यहरुमा हिक्मत भण्डारी, सुनिल थलाल, लिला सिंह, गोदावरी मडै, डिल्लीराज सुवेदी, किशन चन्द, बिष्णु जैसी, मोहन एस.के. र गजेन्द्र लुहार सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै प्रथम कराते महासंघ कञ्चनपुरको भेलाले तीन जना प्रदेश पार्षद् र पाँच जना केन्द्रीय पार्षद्को समेत टुङ्गो लगाएको प्रदेश प्रमुख खडायतले बताए ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार