Saturday, April 20, 2024

लिग टू क्रिकेट : नेपालले पायो २०८ रनको लक्ष्य

प्रकाशित:

महेन्द्रनगर । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोद्यी यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेपछि आसिफ खानले एक छेउबाट इनिङ्सम सम्हालेका थिए ।

उनले दोस्रो विकेटका लागि भृत्य अरभिन्दसँग ४६ रनको साझेदारी गरे । अरभिन्दले १८ रन जोडे । नेपालका सन्दीप लामिछाने अरभिन्दलाई कुशल भुर्तेलबाट क्याच आउट गराए ।

श्याम ढकालको स्थानमा नेपाली टिममा समावेश भएका सन्दीप बुधबार यूएई गएका थिए । उनी अघिल्लो खेलमा पपुवा न्युगिनी विरुद्ध डेब्यु गरेका प्रतिश जिसीको स्थानमा प्लेइङ सेटमा खेलेका थिए ।

यस्तै आसिफ खानले तेस्रो विकेटका लागि कप्तान सिपी रिजवानसँग ४३ रनको साझेदारी गरे । २२ रन बनाएका कप्तान रिजवानलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याच आउट गराए ।

आसिफले ३७औं ओभरमा आउट हुनुअघि रोहन मुस्ताफासँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे । आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

उनलाई सन्दीपले करण केसीबाट क्याचआउट गराए । त्यसपछि क्रसमा आएका आलिसान शाराफुलाई आसिफ शेखले बोल्ड गरे । मुस्ताफा र आर्यल लाक्राले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै यूएईको स्कोर २०० पुर्‍याएका थिए ।

सन्दीपले ४९औं ओभरमा लाक्रालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । लाक्राले २८ रन बनाए । मुस्ताफाले अन्तिमसम्म खेल्दै ७६ बल खेल्दै २ चौका मद्दतमा ५२ रन बनाए । अन्तिम ओभरमा यूएईका दुई खेलाडी रनआउट भए ।

ताजा समाचार

सम्बन्धित समाचार