महेन्द्रनगर । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको भन्दै पक्राउ परेका दुई सैन्य अधिकारीबारे सर्वोच्च अदालतले दिएको आदेश जंगीअड्डाले बुझ्न आनाकानी गरेको छ ।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
शाहीलाई सघाएको आरोपमा पक्राउ परेका प्राड विवाकका प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई तीन दिनभित्र उपस्थित गराउन बुधबार सर्वोच्च अदालतले आदेश दिएको थियो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)
न्यायाधीश हरि फुयाँलको इजलासले म्याद सूचना प्राप्त भएको मितिले ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दस्हित लिखित जवाफ पेश गर्न भनेको थियो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NNSWA.jpg)
बिहीबार सर्वोच्चको आदेश दर्ता गर्न पुगेका अदालतका कर्मचारी र आफन्तलाई जंगीअड्डाको दर्ता शाखा पुगेका छन् । तर, सेनाले आदेश दर्ता गर्न नमानेको ती कर्मचारीले बताए ।
‘यो आदेश भन्ने वित्तिकै दुई जनाले कर्मचारी बैठकमा गएको भनेर तीन घन्टाभन्दा बढी कुराइसके’, उनले अनलाइनखबरसँग भने, ‘दर्ता गर्ने कर्मचारी जति सबै यसरी तीन घन्टासम्म कसरी जान्छन्, अचम्म लागेको छ ।’
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख कृष्णप्रसाद भण्डारीले एउटा सरकारी निकायले पठाएको चिठी अर्कोले नलिने भन्ने नहुने बताउँदै यसबारे के भएको थाहा नभएको सुनाए । ‘कसले कहाँ लिएर आयो रु भन्ने जानकारी भएन’, उनले भने ।
शाह सेनाको मानवअधिकार निर्देशनालयमा कार्यरत अधिकृत हुन् भने तिमसिना पूर्व पृतना प्राड शाखा कार्यालयमा कार्यरत थिए । बुधबार जंगीअड्डा बोलाइएका उनीहरुलाई उपस्थित हुने वित्तिकै नियन्त्रणमा लिइएको थियो । केहीअघि उनीहरुको मोबाइल समेत खोसिएको थियो ।
सेनाले दुवै जनालाई पक्राउ गरिएको समेत स्वीकारेको थिएन । तर, साँझ उनीहरुलाई हिरासतमा राखिएको छ । पक्राउ परेलगत्तै गैरकानूनीरुपमा थुनामा राखिएको भन्दै दुवै सैनिक अधिकृतले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए ।