Saturday, July 27, 2024

मेरुदण्ड पक्षघात संघ कञ्चनपुरले बाड्यो महाकाली अस्पतालका बिरामीलाई फलफुल र जुस

प्रकाशित:

महेन्द्रनगर । आज १५ औ अन्तराष्ट्रिय हवीलचियर दिवस ।मेरुदण्ड पक्षघातसंघ कञ्चनपुरको तदर्थ समितिले १५औ अन्तराष्ट्रिय हीवलचियर दिवशको अवसरमा महाकाली प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उपयुक्त हीवलचियर सुरक्षीत पहुचयुक्त हाम्रो आवागमन भन्ने मुलनाराका साथ मेरुदण्ड पक्षघातसंघ तदर्थ समिति कञ्चनपुरको प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल बितरणगरी १५ औ अन्तराष्ट्रि हीवलचियर दिवश मनाएका हुन । ।बुधबार मेरुदण्ड पक्षघातसंघ कञ्चनपुरका पदाधिकारीलेहरुले महाकाली प्रादेशिक अस्पतालका बिरामी रहेका प्रत्येक वाड–वाडमा गई बिरामीहरुलाई फलफुल र जुस वितरण गरेका हुन ।

अपाङ्ग भएका ब्यक्तिहरुलाई प्रविधिको माध्यमबाट हवीलचिएरले बचाएको मेरुदण्ड पक्षघातसंघ तदर्थ समितिका अध्यक्ष दिर्घ बहादुर स्वाँरले बताए ।हवीलचियर पोलियो भएका बिरामीहरुको लागि छिटो गनतब्यमा पुग्ने साधन हुन्छ भने यही हवीलचियर मेरुदण्ड पक्षघातका बिरामिको लागि बेडबाट हवीलचियरमा बसेपछि र हवीलचियरबाट बेडमा नजादा सम्म २४ घन्टाको साथि हुने गरेको अध्यक्ष स्वाँले बताए ।

अपाङ्ग भएका ब्याक्तिहरुलाई देखेर सारै दुखी तुल्याएको र हमीले अपाङ्ग भएता पनि सधै हासी खुसी रहनुपर्ने महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्ड डक्टर अर्जुन भट्टले बताए ।सरकारले र स्वास्थ्य क्षेत्रले मिलेर अपाङ्ग भएका ब्यातिmहरुको लागि आय आर्जन तथा सीपमुलक तालिमको ब्यावस्था गर्नुपर्ने जरुरी देखिएको डक्टर अर्जुन भट्टको भनाई रहेको छ ।

त्यस्तै हवीलचियर दिवशको अवसरमा बोल्दै महाकाली प्रादेशिक अस्ताल ब्यावस्थापन समितिका अध्यक्ष किरण भट्टले आफु असोस्थ भएर पनि अस्पतालमा आयर बिरामीहरुलार्य फलफुल वितरण गर्नु भनेको आफैमा गर्वको कुरा भएको बताए। अपाङ्ग भएका व्याक्तिको मनोबल बढाउन सरकारले अभिमुखिकरण तालिम ल्याउनु पर्नेमा  जोड दिनुपर्ने अध्यक्ष भट्टले बताए।

 

ताजा समाचार

सम्बन्धित समाचार