Tuesday, July 23, 2024

अन्यायमा परेको सुदुरपश्चिम प्रदेशलाई अन्याय र बिभेदबाट अन्त्य गर्न लागि परेको छु : प्रधानमन्त्री दाहाल

प्रकाशित:

महेन्द्रनगर । कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार भन्ने मुल नाराका साथ कञ्चनपुरमा सोमबार देखि १४औं सुदुरपश्चिम प्रदेश स्तरिय औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७९ सुरु भएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उदघाटन गर्नु भएको हो ।

महोत्सवमा बोल्दै कञ्चनपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङले गेटा मेडिकल कलेजको विषयमा सरकारले लिएको धारण एकदमै राम्रो रहेको र सो संचालनमा ढिलाइ गर्न नहुने भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

यस्तै उनले सीमा क्षेत्रको समस्या समाधानका लागि तत्काल सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिनिधि सभा सदस्य लामाले हुलाकी सडक निर्माणमा भैरहेको ढिलाई, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको समस्या संगै दैजी औधोगिक क्षेत्रको बिकासका लागि आफुले पहल गर्नुका साथै सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै कार्यक्रममा बोल्दै महोत्सवका प्रमुख अतिथी प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आफुले पहिलो स्वास्थ बिश्व बिध्यालयका रुपमा गेटामा निर्माणाधीन सो मेडिकललाई अघि बढाएको समेत बताए ।

उनले अन्यायमा परेको सुदुरपश्चिम प्रदेश भएकाले सो अन्याय र बिभेद अन्त्य गर्न आफू लागि परेको समेत प्रधानमन्त्री दहालले बताए ।

जनयुद्धका सहिद लाई सम्झिदै गणतन्त्र आएपछि आफ्नै सरकार गठन भएको र गणतन्त्रात्मक ब्यवस्थालाई सबै मिलेर अघि बढाउने सबैले जोड दिन आवश्यक रहेको उनले औल्याउनु भयो ।

आफ्नो कार्यकालमा सुदुरपश्चिमलाई सुन्दर पश्चिम् बनाउन आफू लागि परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक आफू प्रधानमन्त्री भएको बेला आफुले बोलेको कुराहरु पूरा भएको बताउदै, गेटामा २०६६ सालमा पहिलो पटक बजेट बिनियोजन समेत आफुले गरेको उनले बताए ।

अहिले महाकाली करिरोड, कैलालीको हरैया बिशेष आर्थिक क्षेत्र, दैजी छेलामा सुख्खा बन्दरगाह बनाउन आफुले भरत भ्रमण मार्फत पहल गरेर काम गराएको समेत उनले बताए ।

आसन्न भारत भ्रमणमा पनि सुदुरपश्चिमका कयौं योजनाहरु बिकासका लागि आफुले पहल गर्ने बताउदै चीन र भारत जोड्ने सडक निर्माण, गौरीफन्टा नाकाको स्तोरन्ती, खप्तड, रामारोसनको बिकास लगायत चमेलिया, पश्चिम सेति जल बिद्युत आयोजना निर्माणका लागि अफुले निर्णायक काम गरेको उनले दाबी गरे ।

आफुले यस क्षेत्रमा गरेको काम र बाँकी रहेको काम पूरा गर्न निर्देशन दिने बताउँदै अब एक्सनमा काम अघि बढाउनेमा समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

महोत्सव फाल्गुन १० गते सम्म चल्ने र महोत्सवले यहाँको कृषि, पर्यटन, लगायत यहाँको ब्यापार ब्यवसाय प्रबर्द्धनमा सहयोग पुर्‍याउने आयोजक कञ्चनपुर उधोग बाणिज्य संघले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार