Friday, April 26, 2024

बैतडीमा ‘गाउँ-घरमा चिकित्सक’ कार्यक्रम सञ्चालन

प्रकाशित:

महेन्द्रनगर । जिल्ला अस्पताल बैतडीले ‘गाउँ–घरमा चिकित्सक’ कार्यक्रम सञ्चालन गरेको छ। अस्पतालले जिल्लाका दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्य सेवा दिने उद्देश्यले ‘गाउँ–घरमा चिकित्स’ कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लाका दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन स्थानीयस्तरमै शिविरको आयोजना गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दिपेश श्रेष्ठले बताए ।

उनका अनुसार जिल्लाको पञ्चेश्वर गाउँपालिकाको कुलाउ स्वास्थ्यचौकीमा दुई दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा बालरोग विशेषज्ञ, एमडीजीपी, दन्तरोगका चिकित्सक खटिएका छ। उक्त कार्यक्रमबाट नागरिक लाभान्वित भएका श्रेष्ठले बताए ।

‘गाउँ–घरमा चिकित्सक’ कार्यक्रम अन्तर्गत एकीकृत स्वास्थ्य सेवा प्रदान गर्ने गरिएको श्रेष्ठले बताए। शिविरमा समान्य चेकजाँचका साथै बिशेषज्ञ सेवा पनि दिने गरिएको छ । यस्तै अल्ट्रासाउण्ड सेवा, प्रयोगशाला सेवा लगायतका स्वास्थ्य सेवाहरु पनि शिविरमा सञ्चालन गरिएको उनले बताए ।

कुलाउ स्वास्थ्यचौकीमा सञ्चालनमा गरिएको दुईदिने शिविरमा ५ सय बढीले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा बालरोग सेवा, दन्तरोग सेवा, अल्ट्रासाउण्ड सेवा, इसीजी सेवा लगायत विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिएको उनले बताए ।

यसपछि जिल्लाको सिगास गाउँपालिकाको गाँजरीमा समेत शिविर सञ्चालन गर्ने योजना गरिएको थियो। अस्पतालको पहुँच भन्दा टाढा रहेका स्थानीय तहहरुलाई लक्षित गरेर ‘गाउँ–घरमा चिकित्सक’ कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार