Friday, April 19, 2024

भीमदत्तमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । आइतबार महेन्द्रनगर कर्बडहलमा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै पुर्वमन्त्री एव प्रतिनिधी सभा सदस्य रमेश लेखकले प्रतियोगिताबाट उत्कृष्ठ प्रर्दशनमा शुभकामना दिए ।

भीमदत्त नगरका मेयर पदम बोगटीले नगर स्तरिय प्रतियोगिताबाट छनौट भई जिल्ला, प्रदेश र संघसम्म प्रतिस्पधा गर्ने गरी तयारी गर्न आब्हान गरेका छन ।

भीमदत्त नगरपालिका शिक्षा तथा युवा शाखा प्रमुख हरिदत्त जोशीले छनौट प्रतियोगितामा नगर क्षेत्रका निजी तथा सामुदायिक गरेर ४१ विद्यालय सहभागि रहेको बताए । छनौट प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार