२०७९ चैत्र १७, शुक्रबार |
Friday, March 31, 2023

यसकारण मोबाइल र सिमकार्ड एकै व्यक्तिका नाममा हुनुपर्ने

प्रकाशित:

महेन्द्रनगर । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेट र सिमकार्ड एउटै व्यक्तिको नाममा हुनुपर्ने नियम लागु गर्न छलफल गरिरहेको छ ।

यस्तो नियम लागु भएको खण्डमा यसले झन्झट दिने गुनासो अधिकांश मोबाइल प्रयोगकर्ताहरूको छ । तर प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले यो नियम लागु भएको खण्डमा सुरक्षाका हिसाबले प्रयोगकर्तालाई नै फाइदा पुग्ने बताए ।

‘तपाईंको फोन कसैले चोर्‍यो भने पनि तपाईंले आफ्नो फोनबाट जति पनि सेवा लिइरहनु भएको थियो, त्यो चोर्ने मानिसले यो नियम लागु भएको खण्डमा ती सेवा त्यो मोबाइलबाट लिन सक्दैन, किनभने उक्त फोनले अन्य व्यक्तिको सिम डिडेक्ट गर्दैन ।’

यो नियम लागु गर्न अहिले छलफल मात्रै भइरहेको उनले बताए । यसबारे नीतिगत निर्णय हुन भने बाँकी रहेको उनी बताउँछन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार