
महेन्द्रनगर । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।
एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले विश्वासको मत नपाएपछि आजै प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश सभाको ठूलो दल नेताका हैसियतले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिएका हो । विश्वासको मत नपाएपछि बिहीबार साँझ रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष राजीनामा दिएका थिए ।
