Saturday, July 27, 2024

अख्तियारको प्रदेश स्तरिय निबन्ध प्रतियोगितामा इन्टरनेश्नल स्कुलकी स्वदितीलाई दास्रो स्थान

प्रकाशित:

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको सन्दर्भमा निबन्ध छनौट प्रक्रिया सम्पन्न भएको छ । अख्तियारको ३२ औं स्थापना दिवसका लागि कञ्चनपुरबाट इन्टरनेश्नल पब्लिक स्कुल महेन्द्रनगरकी छात्रा स्वदिती सापकोटाले जिल्लामा दोस्रो स्थान हासिल गरेकी छिन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरमा उक्त निबन्ध लेखन प्रतियोगितामा ५८ जना विद्यार्थीहरु सहभागी भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २८ गते आफ्नो स्थापना दिवस बनाउदैछ । स्थापना दिवसको पूर्वसन्ध्यामा अख्तियारले निबन्ध लेखन प्रतियोगिता गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरिय निबन्ध प्रतियोगितामा ५८ जना सहभागी विद्यार्थीहरु थिए । जसमा महेन्द्रनगरको स्थापित शैक्षिक संस्था ईन्टरनेश्नल पब्लिक स्कुलकी छात्रा स्वदिती सापकोटाले ७४ अंक प्राप्त गरेर दोस्रो स्थान हासिल गरेकी हुन् ।

प्रदेश स्तरिय उक्त निबन्ध प्रतियोगितामा बागीश्वरी माध्यमिक विद्यालय, पुनर्वास कञ्चनपुरका छात्र अंशुमन पौडेलले ७५ अंकका साथ प्रथम भएका छन् । ७४ अंकका साथ ईन्टरनेश्नल पब्लिक स्कुलकी छात्र स्वदिती सापकोटाले दोस्रो स्थान हासिल गरिन् । त्यस्तै ६९ अंकका साथ दुर्गालक्ष्मी मावि अत्तरिया कैलालीकी छात्रा निकिता अवस्थीले तेस्रो स्थान हासिल गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार