Thursday, March 28, 2024

सुदूरपश्चिम प्रदेश सभाको बैठक ४ बजे सम्मका लागि सर्यो

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाको बिहीबार दिउँसो १ बजे तोकिएको बैठक ३ घण्टा बैठक सारिएको छ ।

आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ । प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सरेको संसद सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले बताए ।

सत्ता साझेदार नागरिक उन्मुक्तिका ७ साँसद विश्वासको मत नदिने अडान लिएर संघीय राजधानी काठमाडौँमा छन् ।उनीहरुको समर्थन विना विश्वासको मत नपाउने भएपछि बैठक सारिएको हो ।

 

ताजा समाचार

सम्बन्धित समाचार