Saturday, July 27, 2024

कञ्चनपुरको घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता संख्या घट्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा उद्योग दर्ता संख्या घट्दै गएको घरेलु तथा साना उद्योग कार्यालयले जनाइएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

घरेलु तथा साना उद्योग कार्यालयकाे तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६ /०७७ मा ६ हजार २ सय ६२ ओटा उद्योग दर्ता भएका छन् ।

संख्या घटेर आर्थिक वर्ष २०७७/०७८ मा २ हजार १ सय २० ओटा उद्योग दर्ता भएकोे घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्कमा देखिएको छ ।

त्यसैगरि सो संख्या अझै घटेर आर्थिक वर्ष २०७८ /०७९ मा १ हजार ७ सय ६० ओटा दर्ता भएकोे तथ्याङ्क रहेको देखिन्छ । यस कञ्चनपुरमा घरेलु तथा साना उद्योगमा विभिन्न किसिमका उद्योगहरु सञ्चालनमा रहेका छन् ।

२०७६ /०७७ मा उत्पादन मुलकमा १२९७, उर्जा मुलुकमा ६ कृर्षि तथा वन जन्यमा १८०५, पर्यटनमा ६८३, सेवा २४७१ गरि जम्मा ६२६२ रहेको छ ।

२०७७ /०७८ मा उत्पादन मुलुकमा १ सय ६१, कृर्षि तथा वन जन्यमा १३ सय ८५ सेवा मा ५ सय ७२, गरि जम्मा २१ सय २० रहेको छ ।

२०७८ /०७९ मा उत्पादन मुलकमा १ सय ३४, कृषि तथा वन जन्यमा ११ सय ५३, पर्यटनमा १, सेवामा ४ सय ७२ गरि जम्मा १७ सय ६० गरि आर्थिक तिन वर्षको घरेलु तथा साना उद्योग वर्गको जम्मा संख्या १० हजार १ सय ४२ रहेको छ ।

गत आर्थिक तिन बर्षको तथ्याङ्क हेर्दा उद्योग दर्तामा पुरुषको उद्योग दर्ता गरेको संख्या ६ हजार ४ सय १९ र महिलाको उद्योग दर्ता संख्या ४ हजार १ सय ४२ गरी जम्मा उद्यमी १० हजार ५ सय ६१ जना रहेका छन् ।

महिलामा ८ हजार ६ सय १५ र पुरुषमा ३२ हजार ७ सय १९ गरी जम्मा ४१ हजार ३ सय ४४ जना रोजगारी संख्या रहेको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी कृष्ण दत्त भट्ट ले जानकारी दिएका छन् ।

उनका “अनुसार कञ्चनपुरमा उद्योगीहरू बढी रहेका छन्, तर उद्योग दर्ता संख्या घट्दै गएको छ ।” उद्योग दर्ता संख्या घट्नुको मूलकारण चाहिँ अनुदानको आशाले मात्र अधिकांस उद्यमीहरु उद्योग दर्ता गर्ने गरेका देखिन्छन् ।

कार्यलयको अनुदान कुनै उद्योगलाई २/३ वर्ष सम्म मात्र अनुदान दिने सरकारको निर्णय भएको हुनाले उद्यमीहरु उद्योग दर्ता नगर्ने हुनाले उद्योग दर्ता संख्या घट्दै गएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी कृष्ण दत्त भट्टले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार