
महेन्द्रनगर । नेपाल सरकारले टर्कीमा गएको बिनासकारी भुकम्प पीडितका लागि मेडिकल टिम तथा अत्यावश्यक सामग्री पठाउने भएको छ ।
आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा भुकम्प पीडितहरुका लागि मेडिकल टिम तथा आवस्यक सामग्री पठाउने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले आवस्यक पर्ने सामाग्री स्वास्थ्यमा पर्ने चिजहरु तथा टर्किको बातावरण संग मिल्ने बस्तुहरु पठाउने निर्णय गरेको छ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरराज बैरागी र नेपाली सेनाका प्रधानसेनापती लगायत अन्य पदाधिकारी एवं सदस्यहरू सहभागी थिए ।
प्रधानमन्त्री दाहालले टर्की नेपालको असल असल मित्र राष्ट रहेकोमा जोड दिए । नेपालमा ०७२ सालमा गएको बिनासकारी भुकम्प टर्कीले पनि नेपाललाई सहयोग गरेको बताउदै नेपालले पनि टर्की समस्यामा परेको बेलामा सहयोग गर्नुपर्ने बताए ।
सोमबार बिहान टर्कीको गाजियान्टेपलाई केन्द्रविन्दु बनाएर टर्की र सिरियामा ७.८ म्याग्निचुडको भुकम्प गएको थियो ।
भुकम्पमा परि दुवै देशमा हालसम्म ९ हजारभन्दा बढिले ज्यान गुमाइसकेका छन् ।
