राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिए राजीनामा स्वीकृत

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले आइतबार दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रतिधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै ३ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

यस्तै, रिक्त रहेका मन्त्रालयका जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै तोकिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार