Saturday, July 27, 2024

पत्रकारितामा नरहेका ब्यक्तिहरुलाई महासंघको सदस्यता त्याग गर्न पत्रकार महासंघको अपिल

प्रकाशित:

महेन्द्रनगर । नेपाल पत्रकार महासंघले पत्रकारितामा नरहेका ब्यक्तिहरुलाई महासंघको सदस्यता स्वेच्छिक रूपमा अबिलम्ब सदस्यता त्याग गर्न अपिल गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महासंघले पत्रकारिता पेशामा नरहेका तर महासंघको सदस्यता कायम भएका सबैमा सदस्याता छाड्न अपिल गरेको हो ।

महासंघले बिहिवार अपिल पत्र सार्वजनिक गर्दै ‘सदस्यता शुद्धीकरण अभियान २०७९’ निर्माण भएको अवगत गराउदै सोही अनुसार कार्य अगाडि बढ्ने जनाएको छ ।

गत पुस ८ र ९ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा महासंघको केन्द्रिय साधारणसभा सम्पन्न भयो ।

उक्त साधारणसभाबाट पत्रकार महासंघका महासचिव रोसन पुरी को संयोजकत्वमा ‘सदस्यता शुद्धीकरण समिति’ निर्माण भएको थियो ।

उक्त समितीको बैठकहरुबाट ‘सदस्यता सुद्धीकरण अभियान २०७९’ थालनी गर्ने निर्णय भएको महासंघले जनाएको छ ।

सो अभियानमा साथ दिन महासंघले सम्पुर्ण सदस्यहरू र सबै शाखाहरु, एसोसिएट संस्थाहरु र वैदेशिक शाखाहरुलाई साथ दिन आह्वान गरेको छ ।

गैरपत्रकारहरुले स्वेच्छिक रुपमा महासंघको सदस्यता त्याग नगरेमा समितिले तयार पारेको सदस्यता सुद्धीकरण मापदण्ड मस्यौदामाथि शाखा, एसोसिएट, प्रदेश र केन्द्रिय समितिसँग आवश्यक परामर्श लिइने महासंघले जनाएको छ ।

सो परामर्शपछि अन्तिम रुप दिई कडाइका साथ लागू गरिने समेत जनाइको छ । जसमा विभिन्न कारणले हाल पत्रकारितामा नरहेका तर महासंघको सदस्यता त्याग गरेको नपाईए प्रक्रियागत रुपमै सदस्यताको सूचीबाट हटाइने महासंघले चेतावनी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार