Saturday, April 27, 2024

फागुन १ गते देखी कञ्चनपुरमा औद्योगिक व्यापार मेला  

प्रकाशित:

महेन्द्रनगर । आगामी फागुन १ गते देखी कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगरको खुुला मञ्चमा फागुन १ गते देखी सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ आयोजना हुने भएको हो ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै कञ्चनपुर उद्योग वाण्ज्यि संघले ‘कृषि उत्पादन र स्वरोगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ महोत्सवकोे १४ औँ संस्करण संचालन हुन लागेको जानकारी दिएका छन् ।

कोरोना महामारीका कारण लगातार दुर्ई बर्ष सञ्चालन हुन सकेको थिएन । यस पटकको महोत्सवकोे उदघाटन सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको समेत पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त महोत्सवमा व्यवसायीका उत्पादन र उपभोतालाई एक ठाउँमा ल्याउने र पुँजीलाई चलायमान गर्नु नै महोत्सवको मुख्य उद्देश्य रहेकोे कञ्चनपुर उद्योग वाण्ज्यि संघका अध्यक्ष पिताम्वर जोशीले बताए ।

महोत्सवमा स्थानीय बस्तु तथा सेवा, पर्यटन, कला संस्कृतिको प्रर्बद्धन, लघु उद्यम, अटो प्रर्दशनी, कृषि गारमेन्ट, बाल उद्यान सहित सुदूरपश्चिमको लोक संस्कृति प्रस्तुत गरिनेछ ।

महोत्सवमा स्थानीय प्रतिभाहरुलाई समेत उच्च प्राथमिकता दिईने र राष्ट्रिय कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहने छ ।

महोत्सवमा बिक्री हुने प्रति टिकट बाट एक रुपैयाँका छुट्टाएर समाजिक काममा लगाईने पनि बाणिज्य संघले जनाएको छ ।

मेलाको मुख्य प्रयोजक प्रभु बैंक लिमिटेड, प्रयोजकमा गोर्खा ब्रअरी, निको ईन्सोरेन्स कम्पनी लिमिटेड र प्रर्बद्धकमा सनराई बैक, डिसहोम रहेका छन ।

मेला सम्पन्न गर्नका लागि कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ,भने विभिन्न १५ उप समिति गठन गरिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार