Saturday, July 27, 2024

शुक्लाफाँटा नगरपालिका वडा नं ९ मा १३औं राष्ट्रपती रनिङ शिल्ड छनोट प्रतियोगता कार्यक्रम शुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ९ मा १३औं राष्ट्रपती रनिङ शिल्ड छनोट प्रतियोगता कार्यक्रम शुरु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्लाफाँटा नगरपालिका-९ को आयोजकमा श्री अस्सिग्राम माध्यामिक विद्यालयको खेलमैदानमा आजदेखि छनोट प्रतियोगिता शुरु भएको हो ।

यस प्रतियोगितामा नगरपालिकाका १८ वटा माध्यमिक विद्यालयको सहभागितामा कार्यक्रको उद्घघाटन भएको हो ।

कार्यक्रम प्रतियोगिताको उद्घघाटनमा प्रमुख अतिथिका रुपमा मन्त्री एनपी साउँद, विशिष्ट अतिथि पुर्व सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, अतिथि किर्पा राम राना र शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

१८ गते देखि २१ गते सम्म चल्ने उक्त कार्यक्रममा भलिबल छात्र-छात्रा, कबड्डी, दौड, हाईजम्प, लङजम्प, तिर्पलजम्प, सटफुट, जेबलिङ थ्रो, कराँते, तेक्वान्डो जस्ता खेलहरू रहने छन् ।

उक्त कार्यक्रममा झाकी जस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत रहेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार