
महेन्द्रनगर । अवैध लागूऔषध ब्राउन सुगर सहित एक जना युवा पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरी बाट खटिएको संयुक्त टोलीले बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने २१ वर्षीय आकाश बोहरा पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको साथवाट ० दशमलव १५ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
बेलौरी नगरपालिका–६ हात्तिबोझ तर्फ जादै गरेको से.७ प १४३९ नम्बरको मोटरसाइकल चलाइरहेका बोहरालाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
