Saturday, July 27, 2024

वृद्धभत्ताको रकम नदिएका कारण बञ्चरो प्रहार गरि कैलालीमा गरे छोराले आमाको हत्या

प्रकाशित:

महेन्द्रनगर । कैलालीको लम्कीचुहा नगरपालिका-६ मा गएराति छोराले आमाको हत्या गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वृद्धभत्ताको रकम माग्दा नदिएका कारण श्रीरामले आमा ७१ वर्षीया लगनी थरुनीलाई बञ्चरो प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय ४० वर्षीय श्रीराम थारुले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका हुन् । श्रीरामले लगनीको ढाड र खुट्टामा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते उनलाई उपचारका लागि लम्कीको लालरत्न अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएको थियो । नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीले मंगलवार बिहान नै जंगलबाट पक्राउ गरेको जनाएको छ । उनी पहिले पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार