Friday, April 19, 2024

कृष्णपुर नगरपालिकाद्वारा अनुदानमा चैते धान र बसन्ते मकैको बिउ वितरण

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले अनुदानमा किसानलाई चैते धान र बसन्ते मकैको बीउ वितरण गरेको छ । सोमबार नगरपालिका परिसरमा भएको एक कार्यक्रमका बिच नगर उपप्रमुख द्रोपती रानाले किसानलाई बीउ हस्तान्तरण गरेकी हुन ।

कृषि शाखाले किसानलाई चैते धानको बिउमा ८०५अनुदान र बसन्ते मकैको बीउमा ५०५ अनुदानका साथ बीउ वितरण गरेको हो । नगरपालिकाको कृषि शाखाले विभिन्न कृषक समूह र किसानलाई चैत धान ५४६ केजि र ४८५ केजि बसन्ते मकैको बीउ वितरण गरेको हो ।

बीउ हस्तान्तरण पश्चात नगरउपप्रमुख द्रोपती रानाले किसानलाई खाली जग्गाको उपयोग गराउन र व्यस्त राख्न नगरपालिकाले बिउमा अनुदानको प्रणाली ल्याएको बताइन । उनले कृष्णपुर उत्पादनका हिसाबले उर्वर भुमी रहेकोले किसानले थोरैमात्र मिहिनेत गरेपनी धेरै उत्पादन गर्न सक्ने भएकाले अनुदानमा लगेको बिउको सहि सदुपयोग गरे राम्रो उत्पादन भइ किसानको आजयार्जनमा वृद्धि हुने बताइन ।

कृष्णपुरले आर्थिक वर्ष २०७६र०७७ देखि विभिन्न सिजनमा किसानलाई आवश्यक पर्ने बीउ अनुदानमा उपलब्ध गराउँदै आएको नगरपालिकाका कृषि प्राविधिक गणेश ओझाले बताए । नगरपालिकाले सुपथ मुल्यमा हरेक वर्ष अनुदानमा बीउ दिन थालेपछि अनुदानमा बीउ लिने किसानको संख्यामा वृद्धि भैरहेको कृषि प्राविधिक गणेश ओझाले बताए ।

नगरपालिकाले यसभन्दा अगाडि गहुँको बिउ,च्याउको बिउ ,प्याजको बिउ र बगर खेती गर्ने किसानलाई तरकारीको बिउमा अनुदान दिएको थियो । अनुदानमा बीउ वितरण कार्यक्रममा वडा न ९ का अध्यक्ष कैलाश बहादुर बलायर सभापति रहेका थिए भने प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाकि उपप्रमुख द्रोपती राना रहेकी थिइन ।

 

ताजा समाचार

सम्बन्धित समाचार