महेन्द्रनगर । कञ्चनपुरमा ट्याक्टर संग मोटरसाइकल ठोक्किएर एकजनाको मृत्यु भएको छ ।
गएराति साँझ ६ बजे बेदकोट नगरपालिका वडा नं १० मा ट्याक्टर संग मोटरसाइकल ठोक्किदा दैजी घर भएका २६ वर्षीया शुक्रराम रानाको मृत्यु भएको हो ।
रानाको बेलौरी–कलुवापुर सडकखण्ड अन्र्तरगत चाँन्देवको जंगल क्षेत्रमा सवारी दुर्घटनामा ज्यान गएको छ ।
दुर्घटनामा मृत्यु भएका रानाको शब बेलौरी प्रहरी कार्यालयमा लगिएको त्यहाँका स्थानीयहरूले बताए ।
दुर्घटना हुँदा मोटरसाइकल संग ठोकिएको ट्याक्टर चालक फरार भएको त्यहाँका स्थानीयहरूले बताएका छन् ।
दुर्घटना स्थल अहिले तनाब ग्रस्त भएको छ । फरार भएका ट्याक्टर चालकलाई प्रहरीले खोजी कार्य गरिएका छन् ।