Saturday, April 20, 2024

कञ्चनपुरमा बिस्फोटमा गम्भीर घाइते भएका एकजना भारतीय नागरिकलाई बरेली रिफर

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित एक कवाड संकलन केन्द्रमा भएको बिस्फोटमा गम्भीर घाइते भएका एक जना भारतीय नागरिकलाई बरेली रिफर गरिएको छ ।

हिजो साँझ सानो सिलिण्डर जस्तो देखिने बस्तु विष्फोट हुँदा दुई जना घाइते भएका थिए ।

घाइते मध्ये बरेलीका दन्ते अन्सारीलाई रिफर गरिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए ।

अन्सारीसँगै सामान्य घाइते भएका पिलिभितका नितेश कुमार उपचारपश्चात घर फर्किएका छन् ।

उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भएको थियो। गम्भीर घाइते अन्सारीको अनुहारमा चोट लागेको छ ।

आगो तापि रहेका बेला पड्किएको सिलिण्डर जस्तो देखिने वस्तुका टुक्राले उनको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

उक्त कबाड संकलन केन्द्र एक जना भारतीय नागरिकले सञ्चालन गर्दै आएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार