|
Monday, December 11, 2023

बेल्डाँडी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेल्डाँडी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगता शुरु भएको छ ।

बेल्डाँडी गाउँपालिकाको आयोजनामा श्री रौलेश्वर माध्यामिक विद्यालयको खेलमैदानमा शुक्रबारदेखि प्रतियोगिता एक औपचारिक कार्यक्रमकाबिच उद्घाट समारोह सम्पन्न भएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिह बिष्ट रहेका थिए ।

उक्त कार्यक्रममा अतिथि गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना, उपाध्यक्ष शान्ति नाथ लगायत अन्य राजनीतिक दलका जनप्रतिनिधिहरु,कार्यालय प्रमुख, खेलकुद समितिका अध्यक्ष, विभिन्न बिद्यालयका शिक्षक,खेलाडी विद्यार्थीहरु,पत्रकार, लगायतको उपस्थिति रहेका थिए ।

कार्यक्रमको सञ्चालन राैलेश्वर माविका शिक्षक दिपक भट्टले गरेका थिए । यस प्रतियोगितामा गाउँपालिकाका जम्मा ७ वटा माध्यमिक विद्यालय जसमा , सरस्वती जनता माध्यमिक विद्यालय ,राैलेश्वर मावि , बैजनाथ मावि ,झर्नासागर, गणेश मावि भुर्षा, सिद्दनाथ मावि खैरिघाट र कञ्चन ग्यालेक्सी बीच प्रतियोगिता सुुरु भएको हो ।

प्रतियोगता ३ दिन सम्म चल्ने छ । सातवटै मावि का सय भन्दा बढी विद्यार्थी खेलाडीहरुले सहभागीता रहेका छन् । भलिबल,दौड,शटपुट,हाइजम्प,कबड्डी लगायतका खेलहरु खेलाईने छ ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख देवान सिंह बिष्टले ” स्वास्थ्यका लागि खेलकुद मानिसको जीवनका महत्तवपूर्ण रहेको बताउँदै राष्ट्रियस्तरको खेललाई सब्य र भब्य रूपमा सम्पन्न गर्नको लागि शुभकामना दिँदै यस बेल्डाँडी मा मात्र नभई राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी देख्न पाउँ भनेर खेलको लागि खेलाडी हरुलाई प्रदेश बाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।”


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार