Tuesday, March 19, 2024

कञ्चनपुरका पुस्तक व्यवसायीद्वारा अनाथ वालबालिकालाई शैक्षिक तथा स्टेशनरी सामग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । बसन्तपञ्चमी तथा सरस्वती पुजाको अवसर पारेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको कञ्चनपुर शाखाले अनाथालयमा शैक्षिक तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

बिहिबार १० औं राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजा (श्रीपञ्चमी) को अवसर पारेर कञ्चनपुरका पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले समाज कल्याण अञ्चल वाल अनाथालय महेन्द्रनगरमा रहेका अनाथ बालबालिकाको लागि आवश्यक पर्ने शैक्षिक तथा स्टेशनरी सामग्रीहरु वितरण गरिएको नवराज भट्टले बताए ।

अनाथालयमा रहेका वालबालिकालाई पठन पाठनमा केहि राहत पुगोस भन्ने ध्येयका साथ आफुहरुले स्टेशनरी सामग्री वितरण गरेको उनले बताए ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, कञ्चनपुर जिल्ला शाखाका अध्यक्ष धर्मानन्द भट्ट, निवर्तमान अध्यक्ष्य मेघराज बोहरा, उपाध्यक्ष गुणाकर अवस्थी लगायतका व्यवसायीहरुको उपस्थितीमा अनाथालयका कार्यालय प्रमुख शंकर बहादुर चन्दलाई उक्त स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार