Tuesday, March 19, 2024

दोधारा चाँदनी नगरपालिकामा मेयरको टोली अवलोकन भ्रमण, उपमेयरको टोली अति विपन्न परिवार संग

प्रकाशित:

भुपेन्द्र ओली ।
दोधारा । दोधारा चाँदनी नगरपालिकामा नगर प्रमुख(मेयर) किशोर कुमार लिम्बु सहितको टोली अवलोकन भ्रमणमा छ, भने उपमेयर गंगा जोशीको सहितको टोली गाउँका अति विपन्न परिवार संग समस्या बुझ्न लागिपरेको छ ।

नगर उप प्रमुख (उपमेयर) जोशीले दोधारा चाँदनी नगरपालिकामा रहेका अति विपन्न परिवारको घर बनाउन अनुगमन थालेकी छिन् । १, २, ३, ४, ६, ९ र १० वडामा गरिएको अनुगमन गर्दै उपमेयर जोशीले माघको अन्तिम साताबाट चाँदनी नगरपालिकामा रहेका अति विपन्न परिवारको घर बनाउने काम सुरु गरिने बताइन् ।

दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारीको टोली ८ दिनको अवलोकन भ्रमणको हिडेका छन् । टोली देशका बिभिन्न पालिकाहरुमा पुगी जनप्रतिनिधीहरु संग भेट गरि अनुभव साटासाटा गर्ने छ्न ।

नगरपालिकाको समग्र विकास तथा सुशासनका निमित्त टोली देशका बिभिन्न पालिकाहरुमा पुगी जनप्रतिनिधीहरु संग भेट गरि अनुभव साटासाटा गर्ने यस अध्यन अबलोकन भ्रमणको मुख्य उदेश्य रहेको भ्रमण टोलिले जानकारी दिएको छ

ताजा समाचार

सम्बन्धित समाचार