
महेन्द्रनगर । बाजुरामा भूकम्पले एक महिलाको मृत्यु र अन्य तीन जना घाइते भएका छन् ।
जिल्लाको गौमुल गाउँपालिका–२ दहकोटकी ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको वडा सदस्य प्रेमबहादुर रोकायाले बताए ।
उनका अनुसार ती महिला घाँस काट्न गएकी थिइन , घाँस काटिरहेका बेला भूकम्पको पराकम्पले माथिबाट खसेको ढुंगा लागेर महिलाको मृत्यु भएको हो ।
गौमुल गाउँपालिका–२ मा अन्य तीन जना महिला पनि घाइते भएका छन् । तीमध्ये एक जनाको अवस्था गम्भिर रहेको वडा सदस्य रोकायाले बताए ।
‘शारीरिक अशक्त हुनुहुन्थ्यो, घर भत्किँदा च्यापिएर एक जना गम्भिर घाइने हुनुभएको छ, अन्य दुई जना घाइतेको अवस्था सामान्य छ,’ उनले भने ।
घटनास्थलतर्फ प्रहरी आइरहेको उनले बताए ।
‘घाँस काट्न गएका अन्य महिलाहरुको पनि खोजी भइरहेको छ, कतै घर भत्किएका छन्,’ उनले भने, ‘क्षतिको पूर्ण विवरण आइसकेको छैन ।’
मंगलबार दिउँसो २ः४३ मा बाजुरा बिछ्या केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
