
महेन्द्रनगर । विभिन्न गाउँ ठाउँमा भ्रष्टाचार मौलाएको प्रसंगलाई लक्षीत गर्दै नेकपा एमालेका युवा नेता मिलन सिंहले एक कविता फेसबुक मार्फत प्रस्तुत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘के के भयो मेरो नगरमा’ शिर्षकमा कविता वाचन पश्चात पोष्ट गरेका छन् ।
सामाजिक संजाल फेसबुकमा पोष्ट गरेको उक्त कविता धरै मान्छेले मन पराएर सेयर तथा प्रतिक्रिया जनाएको युवा नेता सिंहले बताए । युवा साथीहरुलाई सम्बोधन गर्दै आफ्नो नगरमा के के हुँदैछ,’ दलाली, भ्रष्टाचार, सेटिङ्गमा पो छ कि, नगर विकास घोटाला आदी इत्यादीमा शसक्त आवाज उठ्नु पर्ने उक्त कविताको आशय रहेको छ ।
राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमका सह इन्चार्ज सिंहको उक्त कविताले युवामास जाग्नु पर्ने आशय रहेको छ । ‘के–के हुँदैछ मेरो नगरमा’ कविता सामाजिक सञ्जाल फेसबुकमा भाइरल समेत भएको छ ।
महेन्द्रनगरमा अन्याय अत्याचार तथा भ्रष्टाचार विरुद्ध शसक्त आवाज उठाउने युवा नेताका रुपमा परिचित छन्, सिंह । उनी आफ्नै पार्टी भित्र पनि गलत पात्र तथा पद्धतिको विरुद्ध आवाज उठाउने युवा भित्र पर्छन् ।
यस्तो छ, उनको कविताः
केके भयो मेरो नगरमा ।।
–हे युवा साथि हो, मेरो नगरका ।
के के भयो मेरो नगरमा ।
दलालीमा डुब्यौं कि/सेटिङ्बाज पो भयौं कि ।
गजेडी पो भयौं कि/नसेडीमा डुबेउकि÷घडेरी पो पायौं कि ।।
–हे युवा साथी हो मेरा नगरका ।।
–के के भयो मेरो नगरमा ।
नगर विकाश घोटला/भ्रष्टाचारी चोटला ।।
पाँच वर्ष भएछ है खबरदारी गरेको ।।
कँहा गयो नेपाल सरकार/काँहा गयो हाम्रो कानुन ।।
–हे युबा साथी हो मेरा नगरका ।
–के के भयो मेरो नगरमा ।
अब हामी उठ्ने हो/फेरि पनि जुट्ने हो ।।
खबरदारी गर्ने हो/तालाबन्दी ठोक्ने हो ।।
–हे युवा शक्ति हो, मेरा नगरका ।
के के भयो मेरो नगरमा ।।
