Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

भीमदत्तले चालेको नयाँ कामको थालनि संगै जेष्ठ नागरिक स्वास्थ्य जाँच तथा निशुल्क उपचारमा १९ सय ८३ जेष्ठ नागरिकले पाए स्वास्थ्य सेवा

प्रकाशित:

Advertisements

ऐश्वर्या कुवँर महेन्द्रनगर । जनसख्याको आधारमा सबै भन्दा ठुलो मानिने भीदत्त नगरपालिकालेले आर्थिक वर्ष २०७९।८० का लागि जेष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँच तथा निशुल्क औषधी उपचार सेवा २०७९ भाद्र महिनादेखि सुरुगरेको थियो ।

जसमध्य नगरपालिकाको जेष्ठ नागरिक तथा घरदैलो स्वास्थ्य जाँच निशुल्क कार्यक्रमम मार्फत हाल सम्म (कार्यक्रम संचालन भएको चार महिनाको अवधिमा भीमदत्त नगरपालिका १९ वडामा रहेका १९ सय ८३ जना जेष्ठ नागरिकहरुले स्वास्थ्य जाँच तथा निशुल्क सेवाबाट लाभ लिएका छन् ।

जेष्ठ नागरिक हरुको स्वास्थ्य प्रति जिम्मेवार रहि जेष्ठ नागरिक हरुल ेपाउनु पर्ने हक अधिकार जेष्ठ नागरिकको स्वास्थ्यमा दैनिक रुपमा आउने विभिन्न किसिमका रोगहरु,जस्तै दम, टिभि,नसा सम्बन्धी समस्या,उच्च रक्तचाप, बोलोडपे्रसर हाई,सुगरजस्ता रोगहरुको समस्यालाई मध्यनजर गर्दै भीमदत्त नगरपालिकाले यो कार्यक्रम संचालनमा ल्याएको हो ।

जसमध्य भीमदत्त नगरपालिकाको वडा न १ मा २५,३ मा १ सय ७६,४ न वडामा १ सय ६९,५ न वडामा २८,६ न वडामा ९९,७ न वडामा २ सय २२, वडामा ८ मा १ सय ४० जना, वडा न ९ मा १ सय ३६ जना, वडा न १० मा ६९ जना, वडा न ११ मा ८४ जना, वडा न १२ मा ४३ जना, वडा न १३ मा १ सय १७ जना,वडा न १५ मा १ सय ४ जना,वडा न १६ मा ३ सय ३१ जना,वडा न १७ मा २ सय ४० जना,गरि जम्मा ८ सय ४६ पुरुष र १ हजार १ सय ३७ महलिा गरि १९ सय ८३ जना जेष्ठ नागरिकले निश्ल्क स्वास्थ्य सेवा लिएका छन् ।

आधारभुत स्वास्थ्य तथा सरसmाई साखाको चौमासीक डाटा अनुसार भीमदत्त नगरपालिकाकामा स्वास्थ्य जाँच तथा निश्ल्क उपचारसेवा लिने पुरुषहरुको भन्दा महिलाहरुको सख्या बढ्दो क्रममा रहेको भीमदत्त नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई साखाका प्रमुख नरेन्द्र राज जोशीले बताएका छन् ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार