Saturday, July 27, 2024

सिकलसेल यनिमिया तथा थाइलेसिमियाका बिरामिहरुका लागि विषेश स्वास्थ्य प्याकेज ल्याउछौँ –नगरप्रमुख ओझा

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले कृष्णपुरमा थारु समुदायको बाहुल्यता रहेकोले सिकलसेल यनिमिया तथा थाइलेसिमियाका बिरामिहरुका लागि विषेश स्वास्थ्य प्याकेज ल्याउने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिबार नगरपालिकाको वडा न ६ मा सिकलसेल एनिमिया तथा थाइलेसिमियाको परिक्षण पश्चातको रिपोर्ट वितरण कार्याक्रममा बोल्दै नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकाको कुल जनसख्याको ३७ प्रतिशत जनसख्या थारु समुदाय रहेकोले सिकलसेल एनिमिया तथाथाइलेसिमिया रोगले विकराल रुप लिईरहेको हुदाँ यसले कालान्तरमा थारु समुदायनै लोप हुने अवस्था आउन सक्ने भन्दै आफु यसबारे चिन्तित रहेको प्रमुखले बताए ।

सिकलसेल इनिमिया तथा थाइलेसिमियाका रोग विषेश गरि पश्चिम तराईका थारु समुदायमा मात्र लाग्ने गरेको पाईन्छ ।यो रोग लागेपछि शरीरमा रगतको मात्रा कमि हुदैँ अकालमै मृत्यु वरण गर्नुपर्ने अवस्था आईरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका फोकल पर्सन शिद्ध राज भट्टले बताए ।

भट्टका अनुसार सिकलसेल एनिमियामा ट्रायल भन्नाले रोगका सामान्य लक्षण देखिएको र डिजिज भन्नाले रोगले च्यापीसकेको र अनिवार्य उपचार गर्नु पर्ने बुझिन्छ ।फोकल पर्सन भट्टले यो वशाणुगत रोग भएको ले सिकलसेल एनिमिया तथा थाइलेसिमियाको ट्रायल फेज देखिए विवाह गर्ने उमेर भएका युवायुवतिले ट्रायल(लक्षण) नभएकासंँग विवाह गर्दा यो निराकरण हुने भएकोले त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् ।

गत कार्तीकमा कृष्णपुर नगरपालिकाको वडा न ६ मा सिकलसेल इनिमिया तथा थाइलेसिमिया रोग सम्बन्धी शिविर लगाएको र उत्त शिविरमा ४ सय एक जना प्याक्तिको रगत परिक्षण गर्दा ७२ जनामा सिकलसेल एनिमिया तथा थाइलेसिमिया लक्षण देखिएको कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन शिह बिष्टले बताए ।कुष्णपुर नगरपालिका ६का वडा अध्यक्ष बाबुराम चौधरीले आफ्नो समुदायमा सिकलसेल इनिमिया तथा थाइलेसिमिया रोगबाट जोखिम रहेको भन्दै सरोकारवाला निकाय सबैले यसको निराकरणका लागि ध्यान दिनुपर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार