Saturday, July 27, 2024

दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि २ जना फरेन्सिक विज्ञ पोखरा जाँदै

प्रकाशित:

महेन्द्रनगर । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा पठाइने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ ।

दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा जाँदै छन् ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि विज्ञ चिकित्सक समेटिएको राष्ट्रिय टिम बनाइने भएको छ । पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाउन लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जनाए ।

‘काठमाडौंबाट दुई जना र प्रतिष्ठानबाट पाँच जनाको टिम तयार भएको छ,’ खत्रीले अनलाइनखबरसँग भने, ‘हामीले काठमाडौंका चिकित्सकसँगको समन्वयमा राष्ट्रिय टिम बनाएर नै शवको पहिचान र पोस्टमार्टम गर्ने तयारी गरेका छौं ।’

खत्रीका अनुसार पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

‘काठमाडौंबाट आउने चिकित्सक मौसम खराबीका कारण त्रिभुवन एयरपोर्ट मै हुनुहुन्छ । उहाँहरु आएपछि तत्कालै नै पहिचान र पोस्टमार्टको काम सुरू गर्छौं’ डा. खत्रीले भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीले प्रतिष्ठानमा शव राख्ने फ्रिजको अभाव हुने भएकाले काठमाडौंमै ल्याउनपर्ने बाध्यता रहेको बताउँछन् ।

प्रोटोकल अनुसार शवलाई छुट्टा–छुटै पोस्टमार्टम गर्न नमिल्ने उनको भनाइ छ । ‘को–को मृत्यु भयो भन्ने सबै कुरा थाहा हुन्छ । यस्तो घटना पहिचान भएपछि मात्रै पोस्टमार्टमको काम सुरू गर्नुपर्छ’, डा. चौधरीले भने, ‘तर, जनताको सेन्टिमेन्ट जोडिएका कारण त्यहाँका शवलाई काठमाडौं ल्याउन सम्भव हुने भएन ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्घटनामा परेका मृतकको फरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि उपत्यकाका अस्पताललाई ‘अलर्ट’ रहन समेत निर्देशन दिएको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार