Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

पशुको कृत्रिम गर्भाधान प्रबर्द्धनका लागि कृष्णपुरमा नि:शुल्क भिटामिन वितरण

प्रकाशित:

Advertisements

कञ्चनपुर । कृष्णपुर नगरपालिका पशुको कृत्रिम गर्भाधान प्रबर्द्धन गरि दुग्ध उत्पादन बढाउनका लागि निशुल्क भिटामिन वितरण गरिएको छ।

कृष्णपुर नगरपालिकाको कार्यालया शनिबार आयोजित कार्यक्रममा नगर प्रमुख हेमराज ओझाले ४० किसानलाई भिटामिन वितरण गरेका हुन्।

नगरपालिकामा दुग्ध तथा मासुजन्य उत्पादन बढाउनका लागि उन्नत नश्लको बीउ ल्याएर कृत्रिम गर्भाधान गराउने कामलाई विस्तार गरिने नगर प्रमुख ओझाले ल बताएका छन्।

नगरपालिकाको पशु विकास शाखाले शनिबार आयोजना गरेको कार्यक्रममा कृत्रिम गर्भाधानबाट प्रजनन् गरि ब्याएका गाई, भैंसी र बाख्राहरुलाई सुत्केरी स्याहार भिटामिन वितरण गरिएको हो। किसानहरुले पनि कृत्रिम गर्भाधानले दुधको उत्पादानमा वृद्धि भएको र नगरपालिकाले कृषि क्षेत्रमा सुधारको पहल गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।

नगर प्रमुख ओझेले चाँडै किसानको सहजताका लागि वडा नम्बर १,२ र३ का लागि वाणीमा र ७, ८ र ९ का लागि रैकवारमार्फत कृत्रिम गर्भाधान सेवा उपलब्ध गराइने पनि बताएका छन्।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार