Sunday, May 19, 2024

२० लाख रुपैयाँ धरौटी बुझएर सन्दीप लामिछाने आज रिहा हुदैँ

प्रकाशित:

महेन्द्रनगर । बलात्कार आरोपमा कारागारमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज २० लाख रुपैयाँ धरौटी बुझएर रिहा हुने भएका छन् ।

बिहीबार पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएसँगै उनी आज रिहा हुन लागेका हुन् ।

सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागे सम्म विदेश जान रोक लगाएको छ । त्यसका लागि उनको पासपोर्ट रोक्का गर्न अदालतले आदेश दिएको छ ।

यस्तै, सन्दीपले आफू माथिको मुद्दामा सामाजिक सञ्जाल, मिडियामा अभिव्यक्ति दिन पनि नपाउने आदेश अदालतले गरेको छ । अदालते उपत्यका बाहिर जानु परेपनि अनुमति लिनुपर्ने अदालतले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार