२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

श्री आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ अधिवेशन सम्पन्नः अध्यक्षमा साउँद

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । दोधारा चाँदनी–५ मा रहेको श्री आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्थाले १३ औं साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । शनिवार सुदूर पश्चिम प्रदेश सांसद बेलबहादुर रानाको प्रमुख आतिथ्य तथा कार्याबाहक अध्यक्ष नाफु सिंह साउदको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

निवर्तमान कार्य समितिलाई सम्मान सहित कदरपत्र प्रदान गरिएको छ । यसका साथै २० जना असल वचतकर्ता र ४ जना असल ऋणी गरेर २४ जनालाई समेत उक्त संस्थाले सम्मान गरेको छ ।

श्री आस्था कृषि बहुउद्देश्यीय सहकारी संस्थाले १३ औं साधारण सभा तथा पाँचौ अधिवेशनबाट नयाँ कार्यसमितिको चयन गरेको छ । नाफु सिंह साउँदको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको छ ।

अध्यक्षमा नाफु सिंह साउद, उपाध्यक्षमा रुप सिह साउद, सचिवमा प्रकाश चन्द, कोषाध्यक्षमा दीपक चन्द्र ओझा, सदस्यहरुमा नैन बहादुर खड्का, धन बहादुर शाही, गगन खड्का, मनरुपा शाही, गंगा सिह भण्डारी, सोनी क्षेत्री र कोमल प्रसाद पन्त कार्य समितिमा चयन भएका छन् ।

त्यस्तै लेखा समिती संयोजक रमेश प्रसाद उपाध्याय, शिक्षा समिति संयोजक जिवछ प्रसाद यादव चयन भएको बताइएको छ । शनिवार आयोजित उक्त साधारण सभामा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बु र उप प्रमुख गंगा जोशीको समेत विशिस्ट आतिथ्य रहेको थियो । कार्यक्रम संचालन सचिव प्रकाश बहादुर चन्दले गरेका थिए भने, स्वागत मन्तव्य संचालक समिति सदस्य रमेश प्रशाद उपाध्याय राखेका थिए ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार