Friday, March 29, 2024

गरिब विद्यार्थीको पोसाकका लागि वडाध्यक्ष अवस्थीद्वारा आफ्नो तलब भत्ता स्कुललाई हस्तान्तरण

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा भीमदत्त नगरपालिका वडा नं. ५ का वडाध्यक्ष पदमराज अवस्थी आफ्नो तलब भत्ता वडाको एक विद्यालयलाई प्रदान गरेका छन् ।

विद्यार्थीहरुलाई पोसाक तथा टाई बेल्टको अभाव टार्न सहयोग पुगोस भन्ने ध्येयले वडाध्यक्ष अवस्थीले आफ्नो तलब भत्ता बाफतको रकम एक विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

सोमबार भीनपा–५ मा रहेको सत्यवादी माद्यमिक विद्यालयलाई उनले आफ्नो तलब भत्ता बाफतको रकम हस्तान्तरण गरेका हुन् । चाइना फाउण्डेसनको सहयोग तथा पेसवान नेपालको आयोजनामा उक्त विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरणको अवसरमा वडाध्यक्ष अवस्थीले पनि आफ्नो तलब भत्ता विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

आर्थिक रुपले पारिवारिक अवस्था कमजोर भएका विद्यार्थीहरुका लागि पोसाक तथा टाई बेल्ट खरिद गर्दा केही राहत पुगोस्, भन्ने मनसायले आफ्नो तलब भत्ता वितरण गरेको वडाध्यक्ष अवस्थीले बताए ।

असहाय, विपन्न तथा कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरुलाई स्टेशनरी तथा स्कुल पोसाकको अभावकै कारण विद्यालयको शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने धारणका साथ आफु उनीहरुको अभिवावकीय भूमिका निर्वाह गर्ने समेत वडाअध्यक्ष अवस्थी बताउछन् ।

वडाध्यक्ष अवस्थीले सत्यवादी माविलाई आफ्नो तलब भत्ता बाफतको १५ हजार रुपैया हस्तान्तरण गरेका हुन् ।

May be an image of 13 people, people sitting, people standing and outdoors

May be an image of 11 people and outdoors

May be an image of 13 people, people standing and outdoors

 

ताजा समाचार

सम्बन्धित समाचार