Friday, April 19, 2024

दोधारा चाँदनीमा ९ वर्षिया बालिकालाई आफ्नै बुवाले गरे बलात्कार

प्रकाशित:

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ मा बुवाले ९ वर्षिया छोरी बलात्कार गरेका छन् ।

मंगलबार राति बुवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । आमा पोइल गएपछि ती बालिका हजुर आमासित बस्दै आएकी थिइन् ।

बुवालाई प्रहरीले हिरासतमा लिएको छ । उनी इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा राखिएका छन् ।

बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त भएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार