Saturday, July 27, 2024

कञ्चनपुरका २८ सामुदायीक विद्यालयमा पेसवानले ४ हजार बढी ‘स्कुल ब्याग’ वितरण गर्दै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका तीन सामुदायीक विद्यालयका विद्यार्थीहरुका लागि झोला वितरण गरिएको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को संयोजन तथा चाइना फाउण्डेसनको सहयोगमा कञ्चनपुरका तीन ओटा सामुदायीक विद्यालयहरुमा झोला वितरण गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आइतवार चाइना फाउण्डेसनको सहयोगमा पेसवार नेपालले कञ्चनपुर भीमदत्त नगरपालिकामा रहेका शिव ज्ञानेश्वर आधारभुत विद्यालय भगतपुर, महेन्द्रनगर मावि कटान र बैजनाथ मावि महेन्द्रगरका पाँच सय ९८ विद्यार्थीहरुलाई स्कुल (ब्याग) झोला वितरण गरेको हो ।

पेसवान नेपालले कञ्चनपुरका २८ ओटा सामुदायीक विद्यालयहरुमा ४ हजार ३४५ जना विद्यार्थीहरुलाई झोला वितरण गर्ने कार्यक्रम रहेको संस्थाका उपाध्यक्ष पशुपती थापा मगरले जनाए । आइतवार कञ्चनपुरका ३ ओटा सामुदायीक विद्यालयका सबै विद्यार्थीहरुलाई पेसवान नेपालले झोला वितरण गरेको हो । उक्त स्कुल झोलामा विद्यार्थीहरुका लागि आवश्यक पर्ने कपी, पेन्सील, ‘टिफिन बक्स’, पानी खाने बोत्तल, ‘कलर बक्स’ लगायतका सामग्रीहरु राखेर वितरण गरिएको हो ।

‘डिष्ट्रिब्यूसन सेरेमोनी अफ स्कुल ब्याग स्टेसनरी एण्ड हाइजिन किट्स’ नामक कार्यक्रम आयोजना गर्दै पेसवान नेपालले आइतवार देखि लगातार एकहप्ता सम्म कञ्चनपुरका २८ ओटा सामुदायीक विद्यालयहरुका विद्यार्थीहरुलाई झोला लगायतका सामग्रीहरु वितरण गर्ने संस्थाका सदस्य दमन बहादुर चन्दले बताए ।

आइतवार शिव ज्ञानेश्वर स्कुलका १४९, महेन्द्रनगर मावि कटानका २८० र बैजनाथ मावि महेन्द्रनगरका १६९ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट र पेसवान नेपालका सदस्य हरिहर परियार तथा अन्य पदाधिकारीहरुको उपस्थितीमा उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार