महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेशसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट १ किलो २ सय ग्राम र रोकायाबाट ८ सय ग्राम चरेश फेला पारेको थियो।

यस्तै प्रहरीले दाङ, लमही नगरपालिका–८ सतबरीयाबाट ५ किलो ६ सय ग्राम गाँजासहित घोराही उपमहानगरपालिका–१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुन समेत २ जनालाई पक्राउ गरेको छ ।

रा.१ प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारेको प्रहरीको भनाई छ।