२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरका ३ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा मानसिक समस्या भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

मानसिक रुपमा स्वस्थ नरहेकी १७ बर्षिया किशोरीलाई युवकहरुले ७ महिना सम्म बलात्कार गरेको खुलेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट रहेका छन् ।

उनिहरुमाथी जिल्ला अदालत कञ्चनपुरमा आइतबार जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

बेलौरीका प्रहरीले बताए ।किशोरी गर्भवति भएपछि मात्रै उनि बलात्कृत भएकोबारेमा खुलेको प्रहरीले बताए । अहिले किशोरीको शारिरीक अवस्था कम्जोर र मानसिक रुपमा पनि कम्जोर रहेको उनले बताए ।

कञ्चनपुरको बेलौरी नगरपालिका २ भैंसोरी स्थित ९ कक्षामा अध्ययनरत किशोरीमाथि जेठ देखि पटक पटक बलात्कार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएका छन् ।

किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार चेकजाच गर्दा उनि गर्भवति रहेको पुष्टि भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो। प्रहरीका अनुसार किशोरीको गर्भमा १८ हप्ताको बच्चा रहेको पुष्टि भएको छ ।

‘किशोरी माथी बलात्कार भएको थाहा भएपछि किशोरीका हजुरबुबाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीले भने, त्यसैका आधारमा तीन जनालाई पक्राउ गरी छानविन थालिएको हो, तर किशोरीको गर्भमा रहेको बालक कस्को हो भन्ने अझै खुलेको छैन ।

प्रहरीका अनुसार किशोरी मानसिक रूपमा कमजोर रहेको र त्यही अवस्थाको फाइदा उठाउँदै उनि माथी बलात्कार भएको हुन सक्ने देखिएको छ।

पक्राउ परेका मध्ये ३७ बर्षिय साधुराम किशोरीकै घरमा ट्र्याक्टर चलाउने काम गर्थे । उनले जेठदेखि नै ललाईफकाई पटकपटक बलात्कार गरेको खुल्न आएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

दुई जनाको सम्बन्ध थाहा पाएका दीपक र हरिशंकरले बल्याकमेल गरी मानसिक साउन-भदौदेखि पटकपटक बलात्कार गरेको खुलेको उनले बताए।

गर्भवति भएको जानकारी पछि सोधपुछ गर्दा किशोरीले आफुले व्यहोरेको पिडा खोलेको उनका हजुर बुबाले बताएका छन् । ‘पहिला विरामी छु भन्ने गरेको भएपनि पेट बढ्दै गएका कारण संका लागेर स्वास्थ्य संस्थामा परिक्षण गराएको किशोरीका हजुरबुबाले बताएका छन् ।

ती किशोरीको अहिले धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । किशोरीको गर्भपतन गर्ने तयारी गरिएको जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार