Saturday, July 27, 2024

सालाको हत्या आरोपमा भिनाजु पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कैलालीमा हसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुंगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जोशीपुर गाउँपालिका–६ का ३३ वर्षीय पदमराज भण्डारीको हत्या आरोप लागेका ढुंगाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएका हुन्।

उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले बताए। ढुंगानाले मंगलबार हसिया प्रहार गरि भण्डारीको हत्या गरेको प्रहरीले जनाएको छ।

उनको हसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार