Thursday, April 25, 2024

इन्गेजमेन्ट टुटेपछि केटाको घर अगाडी नै गएर पुष्पाले आफैंलाई आगो लगाएर मृत्यु

प्रकाशित:

महेन्द्रनगर । धुम्बाराही दरबारमार्ग घर भएका सुधन सङ्ग्रौला सँग इन्गेजमेन्ट गरेकी २७ वर्षीया पुष्पा न्यौपानेले केटाको घर अगाडी गएर आफैंलाई पेट्रोल छर्केर आगो लगाएर मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वर घर भएकी पुष्पाले २०७९ भदौ १८ मा सुधन सँग इन्गेजमेन्ट गरेकी थिइन् । तर, केटा पक्षले कार्तिक १७ मा इन्गेजमेन्टमा लिएको गहना र दक्षिणा फिर्ता गरे । त्यसपछि दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो ।

आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले सुधनलाई पक्राउ गरेको छ । सुधनविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

प्रहरीले उद्धार गरेर न्यौपानेलाई त्रिवि शिक्षण अस्पतालमा लगेको थियो । शिक्षण अस्पतालले उनलाई कीर्तिपुरमा रिफर गरेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा पुष्पाको सोमबार बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले सुधन सहित उनको परिवारका थप ३ जनालाई पक्राउ गरे पनि अदालतले अरूलाई जिम्मा जमानीमा छाड्न आदेश गरेको छ । घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार