Friday, March 29, 2024

धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त

प्रकाशित:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ ।

बिहीबार बिहान १० बजे धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि आफ्ना सहपाठीको मृत्युको कारणले धनगढीका विद्यार्थीहरू आन्दोलित भइरहेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ । हवाई फायरपछि विद्यार्थीहरू तितरवितर भएका छन् ।

घटनाले बृहत रूप लिएपछि बिहीबार साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् । अहिले जिप्रका कार्यालयमा छलफल जारी छ ।

ताजा समाचार

सम्बन्धित समाचार